कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिवमा डण्डपानी भट्टराईलाई नियुक्त गरेको छ ।
कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले बैंकका प्रबन्धक भट्टराईलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।
उनलाई कात्तिक ३० गतेदेखि नै लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।