क्यापिटल मर्चेन्ट बैंकिङ्गको शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ लाख १७ हजार ८८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जोकि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् मंसिर १५ गतेसम्म निवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।