स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २५ गते, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ३६औं वार्षिक साधारण सभा मंसिर २५ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ दशमलव ५१ प्रतिशत नगद लाभांशलाई दिने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना सञ्चालकको निर्वाचन समेत गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ मंसिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।