कामना सेवा विकास बैंकद्धारा एक क्याम्पसलाई अग्निरोधक साधन र डस्टविन सहयोग « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

कामना सेवा विकास बैंकद्धारा एक क्याम्पसलाई अग्निरोधक साधन र डस्टविन सहयोग



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई मंसिर २ गते शुक्रबार एक कार्यक्रम गर्दै ३ थान अग्निरोधक साधन तथा ५ थान डस्टविन हस्तान्तरण गरेको छ ।

भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त नियन्त्रण गर्न सकियोस साथै क्याम्पस वरपरको फोहोर व्यवस्थापन तथा वातावरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ डस्टविन प्रदान गरिएको हो ।उक्त सामाग्रीहरु बैंक तर्फबाट कोटिहवा कलस्टर प्रमुख रवि पौडेलले क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्याक्रममा सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारी, शिक्षक हरि ढुंगाना, होमनाथ शर्मा, खेमानन्द ज्ञवाली लगायत अन्य शिक्षकहरु साथै बैंकको तर्फबाट शाखा इन्चार्ज सहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यससँगै बैंकका कलस्टर प्रमुखले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो र क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बैंक ब्यवस्थापनलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्