एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एक बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ । एनएमबि बैंकले ऋणपत्र निष्कासन बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो । कुल कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न र बाँकी रहेको २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आगामी १० वर्षसम्मको लागि बार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा एनएमबि डिबेञ्चर १०.७५∞ २०८९÷२०९० नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्