११ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ? « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

११ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?



काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरीरहेका छन् । वाणिज्य बैंकहरु मध्य हालसम्म ११ वटाले आर्थिक वर्ष २०७८।०७९ बाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेक हुन ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ ।

यस्तै, मेगा बैंकले पनि आफ्ना सेयधनीहरुलाई गत आवको मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिकको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो

गरिमा विकास बैंकले बैंकले गत आर्थिक वषको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण भएको हो । उक्त निर्णय बैंकको कात्तिक २९ गते बसेको संचालक समितिले गरेको हो ।

यस्तै, सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीहरुलाई सो लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो

कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको हो । गत आवको मुनाफबाट बैंकले आफना सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद शेयर गरी कुल १३.६ प्रतिशत प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति भई बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुने छ ।


प्रतिक्रिया दिनुहोस्