एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा मंसिर २६ गतेका लागि बोलाएको छ । सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने र बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।