वाणिज्य बैंकहरुको सेवा शुल्क आम्दानी साढे ७ अर्बः दुई बैंकको सबैभन्दा धेरै, कुनको कति ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा बाणिज्य बैंकहरुले लिने सेवा शुल्क आम्दानी (नेट फि इनकम) करिब साढे ७ अर्ब पुगेको छ ।
चालु आवको तीन महिनामा वाािणज्य बैंकहरुले सेवाग्राहीबाट लिने शुल्क आम्दानी ७ अर्ब ४३ करोड ९ लाख ७ हजार रुपैयाँ कायम भएको छ । बैंकहरुको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकहरुको यो शुल्क आम्दानी गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ४.२२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुको यो आम्दानी ७ अर्ब ७५ करोड ८१ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नेट फि इनकम नबिल बैंकको वृद्धि भएको छ । बैंकको उक्त आम्दानी ४०.१६ प्रतिशतले बढेर ६२ करोड ८४ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने कम्पनीको यो आम्दानी ४४ करोड ८३ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
नेट फि आम्दानी वृद्धि गर्नेको दोस्रो स्थानमा एनआईसी एशिया बैंक देखिएको छ । बैंकको आम्दानी २४.४४ प्रतिशतले वृद्धि भई ५७ करोड २९ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, धेरै नेट फि इनकम गर्ने बैंकको तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यद्यपि, गत वर्षको तुलनामा भने बैंकको यो आम्दामनी प्रतिशतले घटेर ५३ करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
प्रभु बैंकको नेट फि इनकम १८.८३ प्रतिशतले बढेर ४५ करोड ३ लाख ९ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.५० प्रतिशतले बढेर ३३ करोड ३४ लाख ४ हजार, नेपाल एसबीआई बैंकको १.१९ प्रतिशतले बढेर २९ करोड ९९ लाख २६ हजार, कुमारी बैंकको ९.४३ प्रतिशलते बढेर २६ करोड ५७ लाख ४६ हजार, एभरेष्ट बैंकको २६.५३ प्रतिशतले बढेर २६ करोड १८ लाख १५ हजार र हिमालयन बैंकको १०.२९ प्रतिशतले बढेर २२ करोड ३० लाख १९ हजार रुपैयाँ पुगेको छ ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नेट फि इनकम मेगा बैंकको घटेको देखिएको छ । गत वर्षको असोज मसान्तसम्ममा १८ करोड २२ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको बैंकको यस वर्षको सोही अवधिमा भने ३६.५६ प्रतिशतले घटेको हो ।
उक्त अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नेट फि इनकम ३१.७९ प्रतिशतले घटेर १४ करोड ७३ लाख ८५ हजार, बैंक अफ काठमाण्डूको ३०.८५ प्रतिशतले घटेर १२ करोड ५४ लाख ९७ हजार, कृषि विकास बैंकको ३०.०८ प्रतिशतले घटेर २७ करोड २१ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त अवधिमा सिटिजन्स बैंकको सेवा शुल्क आम्दानी २२.७१ प्रतिशत, सिभिल बैंकको २१.२४ प्रतिशत, सेञ्चुरीको २०.०८, नेपाल बैंकको १९.२५, सनराइजको १८.११, माछापुच्छ«ेको १३.५९, लक्ष्मीको ११.१६, सिद्धार्थको १०.६० प्रतिशतले गिरावट आएको छ ।
त्यसैगरि एनसीसी बैंकको नेट फि इनकम ९.९३ प्रतिशत, एनएमबि बैंकको ९.९० प्रतिशत, सानिमाको ८.६७, स्टाण्डर्ड चार्टर्डको ७.१०, प्राइम बैंकको ३.११ प्रतिशतले घटेको छ ।
कुन बैंकको सेवा शुल्क आम्दानी कति ?