कुमारी र एनसीसी बैंकको स्वाव रेसियो तय, कति कायम भयो ? « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

कुमारी र एनसीसी बैंकको स्वाव रेसियो तय, कति कायम भयो ?



काठमाडौं । मर्जर सम्झौता गरेका कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको स्वाव रेसियो तय भएको छ ।

यी दुवै बैंक मर्जरमा जानका लागि १ः१को स्वाप रेसियो कायम भएको हो । मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका उक्त स्वाप रेसियो कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन भएका संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङकन गर्न नियुक्त मूल्याङकनकर्ताले दुवै बैैकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङकन गरी दिएको प्रतिवेदनका आधारमा स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने निर्णय गरेको हो ।

यी दुवै बैंकले एक आपसमा जानका लागि असोज ११ गते सहमति पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरमा जानका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत पनि दिएको छ । दुवै बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तयारीमा रहेका छन् ।

दुवै मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । कुमारी बेंकको १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ ।

कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्