ग्लोबल आइएमई बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ? « Arthapath.com
७ मंसिर २०७९, बुधबार

ग्लोबल आइएमई बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?



काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सेञ्ज (नेप्से)ले बैंकको ३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले बैंकको सेयर मूल्य २४४ रुपैयाँ ८ पैसा तोकेको छ ।

नेप्सेले अन्तिम कारोबार सेयर मूल्य २५१ रुपैयाँ ४० पैसाको आधारमा समायोजन गरेको हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले आज बुक क्लोज गरेसंगै सेयर मूल्य समायोजन भएको हो ।


प्रतिक्रिया दिनुहोस्