कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –कात्तिक ८ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दि सक्नेछन् ।
बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं शेयर खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संस्थामा बिक्री खुला गरेको हो ।