प्रतिकित्ता १४५ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

प्रतिकित्ता १४५ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार ९२१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संस्थालाई बिक्री खुला गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्