कुमारी बैंकले विशेष साधारण सभाका लागि बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । मंसिर १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र विशेष साधारण सभामा भाग लिन पाउछन् ।
