मर्जरलाई अन्तिम स्वीकृति दिन एनसीसी बैंकले बोलायो विशेष साधारण सभा « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

मर्जरलाई अन्तिम स्वीकृति दिन एनसीसी बैंकले बोलायो विशेष साधारण सभा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विशेष साधारण सभा मंसिर २५ गतेका लागि बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले कुमारी बैंकसँगको मर्जरलाई अन्तिम स्वकीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जर प्रकृया पुरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

सभा प्रयोजना लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्