थप दुई विकास बैंकसहित पाँच कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

काठमाडौं । यस साता थप पाँच वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । यस साता दुई वटा विकास बैंक, दुई हाइड्रोपावर कम्पनी र एक बीमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।
यस साता लुम्बिनी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, रिडी पावर, युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
यी पाँच वटै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका छन् ।
लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले गत आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकको मंसिर २ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीबाट ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत गत आव २०७८/७९ को मुनाफाबाट १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
रिडी पावर कम्पनी
रिडी पावर कम्पनीले पनि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४२.१० प्रतिशतले लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।
साधारणसभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुदाँ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि आफ्ना सेयरधनीहरुलाई मंगलबार लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ६.८४ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।