प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैंकिङ्गलाई प्राप्ति गर्ने सम्झौता भङ्ग

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सबीच मर्जर एक्विजिशनको सम्झौता भङ्ग भएको छ ।
प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई एक्विजिशन गर्ने गरि दुवै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
तर, क्यापिटल मर्चेण्ट बैंकिङ्गले मंसिर १ गतेको पत्रबाट सो सम्वन्धी सबै प्रक्रिया स्थायी रुपमै स्थगित गरी मर्जर तथा एक्विजिशन समिति समेत भङ्ग गर्न अनुरोध गरेको थियो ।
सोही अनुसार बैंकको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सलाई एक्विजिशसन गर्ने सम्वन्धी अघि बढाइएको सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय भएको जनाएको छ ।