मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई बसुन्धराको “दडालो रेष्ट्रोे” मा विशेष छुट « Arthapath.com
२२ असार २०८२, आईतबार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई बसुन्धराको “दडालो रेष्ट्रोे” मा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई बसुन्धराको “द डालो रेष्ट्रोे” रेस्टुरेन्ट छुट दिने भएको छ । आफ्ना ग्राहकरुलाई फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रोे” माफुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मिसेनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्