दुई बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो, कुनको बोनस कति ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

दुई बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो, कुनको बोनस कति ?



काठमाडौं । लाभांश पारित गर्नका लागि ४ कम्पनीहरुले साधारण सभा बोलाएका छन् । २ बैंकसहित ४ कम्पनीले लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका हुन ।

बैंकले लाभांश प्रयोजनका लागि बुक क्लोजको समिति समेत तय गरेको हुदाँ लाभांश सुरक्षित गर्ने अन्तिम दिन समेत नजिकिदैं छ । नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक नेपाल, माउन्टेन इनर्जी नेपाल र सोल्टी होटलले लाभांश पारितका लागि साधारण सभा बोलाएका हुन । होल्टी होटल बाहेक ३ कम्पनीको लाभांश सुरक्षित गर्ने दिन आउँदै छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर २१ गते बुक क्लोज गर्दै छ । यस कारण मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस ७ गते साधारण सभा गर्ने भएको छ ।

मेगा बैंक नेपाल

मेगा बैंक नेपालले समेत मंसिर २३ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले सभामा गत आवको मुनाफबाट प्रस्ताव गरेको ७।७९ प्रतिशत लाभांशलाई वितरण योग्य बनाउनेछ । गत आवको मुनाफबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३।७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस ७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

माउन्टेन इनर्जी नेपाल

माउन्टेन इनर्जी नेपालले समेत मंसिर २७ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

पुस ८ गतेका लागि सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट १०।५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । प्रस्ताव पारितका लागि बैंकले पुस ८ गते साधारण सभा बोलाएको छ ।

सोल्टी होटल
सोल्टी होटल लिमिटेडले समेत पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसैले पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्