थप दुई कम्पनीको शेयर कारोबार गर्यो नेप्सेले फुकुवा « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

थप दुई कम्पनीको शेयर कारोबार गर्यो नेप्सेले फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । बुधबार सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको हो ।

यी २ ओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीको शेयर अब भोलि अर्थात मंसिर २१ गते कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्