एकैदिन दुई बैंकसहित आधा दर्जन कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कम्पनीहरुले लाभांश खुवाइरहदाँ शुक्रबार (पुष १ गते) मात्र ६ कम्पनीले लाभांश घोषणा गरेका छन् ।
आज २ बैंक, २ हाइड्रोपावर, १ इन्स्योरेन्स र १ फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन ।
नेपाल बैंक
नेपाल बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको बिहिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ८.९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६ प्रतिशत बोनस र ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तलापूँजीको २.४० प्रतिशत बोनस र ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो
बिन्ध्यबासिनी हाइड्रोपावर
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५.०२६ प्रतिशत लाभांश दिने भएको हो ।
जसमा ०.०२६ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर दिन लागेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे सुरु हुनेछ ।
मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत नगद (कर प्रयोजन) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल विद्युत आयोगबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रस्तावित लाभांश बैंक र फाइनान्सको नेपाल राष्ट्र बैंक, इन्स्योरेन्सको बीमा प्राधिकरण र हाइड्रोपावरको विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।