महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस भन्दा नगद धेरै « Arthapath.com
३ पुष २०७९, आईतवार

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस भन्दा नगद धेरै



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशंश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ६.४७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्