थप दुई कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ? « Arthapath.com
३ पुष २०७९, आईतवार

थप दुई कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् ।

आतबार थप २ कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन ।

मुक्तिनाथ विकास
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १३.५ प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशंश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ६।४७ प्रतिशत नगद ९कर सहित० गरी कुल १०।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित दुबैं बैंकको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्