११ प्रतिशत लाभांश पारितका लागि लुम्बिनी विकास बैंकको साधारण सभा पुष २६ गते बस्दैं

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा अमृतभोग कालिस्थान काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरु हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशत बोनस र ९ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गर्नेछ ।
सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी ६ जना संचालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ति अनुमोदनसमेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।