दुई बैंकसहित तीन कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? « Arthapath.com
५ पुष २०७९, मंगलवार

दुई बैंकसहित तीन कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरी सकेका छन् ।अन्य लघुवित्त, बीमा कम्पनी, फाइनान्सहरु पनि लाभाश घोषणा धमाधम गर्दै छन् ।

मंगलबार मात्र ३ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हिमालयन बैंक, सिभिल बैंक र पोखरा फाइनान्सले लाभांश घोषणा गरेका हुन ।

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सिभिल बैंक
सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पोखरा फाइनान्स
पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्