गुहेश्वरी मर्चेन्टले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
६ पुष २०७९, बुधबार

गुहेश्वरी मर्चेन्टले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत कर प्रयोजनका लागि नगद गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्