तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौंका, कुनको लाभांश कति ? « Arthapath.com
२२ असार २०८२, आईतबार

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौंका, कुनको लाभांश कति ?



काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार (पुष ७ गते) अन्तिम दिन रहेको छ । बिहिबार २ बीमा कम्पनी र १ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने बिहिबार (पुष ७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुष ८ गतेदेखि पुष २२ गतेसम्म बुक क्लोग गर्ने भएको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १६औं वार्षिक साधारण सभा पुष २२ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड पोखरा कास्कीमा बस्ने गर्री आव्हान गरेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहिबार (पुष ७ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुष ८ गतेदेखि पुष २२ गतेसम्म बुक क्लोग गर्ने भएको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ८ प्रतिशत बोनस र ०.४२११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ७४औं वार्षिक साधारण सभा पुष २२ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०. ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो १५औं वार्षिक साधारण सभा पुस २४ गतेका लागि बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्