तीन बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका, कुनको बोनस कति ?

काठमाडौं । कम्पनीले लाभांश घोषण गरेसँगै वार्षिक साधारण सभा समेत आव्हान गरी रहेको छन् । साधारण सभा प्रयोजनका लागि ६ कम्पनीले सोमबार (पुष १८ गते) बुक क्लोज गर्ने भएका छन् । सो कारण पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र करसहित ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित पारितका लागि कम्पनीले पुष २८ गते होटल सोल्टी सोल्टीमोड काठमाडौमा साधारण सभा बिहान ११ बजे गर्ने गरी बोलाएको छ ।
नबिल बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २९ गते सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस शेयर र करसहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि पुष २९ गते लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे बस्ने गरी साधारण सभा आव्हान गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा साधारण सभा बोलाएको छ ।
नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह पदर्शनी मार्ग काठमाडौंमा साधारण सभा बिहान १० बजे बोलाएको छ ।
त्यस्तै बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष ३० गते कार्की ब्याक्वेंट बबरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।