नेप्सेमा पाँच कम्पनीको शेयर मूल्य समायोजन « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेप्सेमा पाँच कम्पनीको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार ३ बैंकसहित ५ कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।

नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ५९१ रुपैयाँ ६५पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ६४४ रुपैयाँ ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

नबिल बैंकको १८.५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ७२१ रुपैयाँ १० पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ८५४ रुपैयाँ ५० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ३३३ रुपैयाँ ६५ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ३४७ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिमालयन बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ३३८ रुपैयाँ ०६ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३६५ रुपैयाँ १० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।

बुटवल पावर कम्पनीको नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ३२२ रुपैयाँ ३८ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य ३३८ रुपैयाँ ५० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्