लाभांशको पर्खाईमा कृषि विकास बैंकका सेयरधनी: घोषणाको अन्तिम तयारीमा बैंक, कति दिन सक्छ ?

काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकको लाभांश घोषणा हुन् बाँकी छ । यति बेला कृषि विकास बैंकका सेयरधनीलाई लाभांशको पर्खाईमा छन् ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कति लाभांश दिला भन्ने पनि बजारमा चर्चाको भईरुहेको छ । बैंकको सन्तुलित तथा उत्कृष्ट वित्तीय विवरणका कारण पनि बैंक लगानीकर्ताको आकर्षणमा समेत पर्दै आएको छ ।
यति बेला बैंकले आफ्ना सेयरधनीलाई लाभांश घोषणाको अन्तिम तयारी रहेको छ । बैंकले वित्तीय रिर्पोट राष्ट्र बैंकमा पठाईसकेकाले अब १/२ दिनमै लाभांश आउने जनाएको छ ।
कृषि विकास बैंकका प्रवक्ता एवं सुचना अधिकारी हिमाल पौड्यालले भने,–‘हामीले वित्तीय विवरण राष्ट्र बैंक पठाई सकेका छौं, सायद १/२ दिनमा स्वीकृत भएर आउँछ होला । अनि संचालक समितिको बैठकले बसेर हामी छिट्टै लाभांश घोषण गर्छौ ।’प्रवक्ता पौड्यालका अनुसार यस वर्ष बैंकको अडिट रिर्पोटमा ढिला भएको जानकारी गराए । उनले भने,–‘यो बिचमा अडिडर परिवर्तन भएको हुँदा अडिट रिर्पोटमा ढिलाइ भएको छ । पुस मसान्तभित्र त गर्न नसक्ने देखिएको छ । जे होस्, सक्दो चाँडो गर्ने तयारीमा छौं ।’ बैंकको अडिट रिर्पोट ढिलाईका कारण साधारण सभा पनि लम्बिने भएको छ ।
बैंकहरुले केन्द्रीय बैंकबाट प्रारम्भिक वित्तीय विवरण स्वीकृति गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको नीति अनुसार बैंकहरुले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्छ । तर, विविध कारणले सभा हुन नसकेमा तीन महिनासम्मको अवधि थप्न सकिने व्यवस्था समेत रहेको छ ।
कृषि विकास बैंकको साधारण सभा पनि आगामि माघसम्म लम्बिने देखिएको छ । बैंकका प्रवक्ता पौड्यालले भने,–‘हामीले वित्तीय विवरण राष्ट्र बैंकमा पठाएका छौं, अब पुस मसान्तभित्र साधारण सभा गर्न सम्भव नहुने देखिएको छ, अब आगामी माघ महिनाभित्र सक्छौं ।’
कति दिला त बैंकले लाभांश ?
कृषि विकास बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २९.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । यता, बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेकछ । यसका आधारमा नै बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।
यस्तो छ बैंकको ९ वर्षे लाभांश इतिहाँस
बैंकले जतिसक्दो क्षमता अनुसार नै लाभांश वितरण गर्दै आएको छ । सरकारी बैंक भएर पनि औषत २२ प्रतिशत लाभांश दिन सफल भएको छ ।
बैंकले आव २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश दिएको थियो ।
आव २०६९/७० मा भने बैंकले ३१.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आव २०७०/७१ मा ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश बाँडेको थियो ।
यस्तै बैंकले तीन आर्थिक वर्ष (२०७२/७२, २०७३/७४, २०७४/७५) मा २१.०५ प्रतिशतका दरले लाभांश वितरण गरेको छ । यस्तै, आव २०७५/७६ मा भने बैंकले नगद जोड दिएको छ । सो आवमा बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यसैगरि बैंकले आव २०७६/७७ मा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभंश बाँडेको थियो ।
