छुट्ला है ! ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

काठमाडौं । मंगलबार ८ कम्पनीको लाभांश सुरक्षित गर्ने मौका रहेको छ । ८ वटा कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष २० गते बुक क्लोज गर्ने भएकाले पुष १९गते अर्थात आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा बिहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मु नाफाबाट १०.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुष २९ गते सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुष २७ गते होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । जसका लागि पुष २७ गते होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुष ३० गते होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा बिहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । यस संस्थाले लाभांश पारित गर्न पुष ३० गते सभा योयो ब्याक्वेट सूर्यविनायक भक्तपुरमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुष ३० गते सामना होटल गोरखा बिसौनी गोरखामा बिहान ११ः३० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।
गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले उक्त प्रस्तावित लाभांश पारित गर्न पुष ३० गते भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।