बैंक अफ काठमाण्डूले साढे ९ लाख कित्ता शेयर बिक्री खुला, प्रतिकित्ता कति ? « Arthapath.com
२५ असार २०८२, बुधबार

बैंक अफ काठमाण्डूले साढे ९ लाख कित्ता शेयर बिक्री खुला, प्रतिकित्ता कति ?



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९ लाख ५२ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकले भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापकहरूमा विक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य २ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको मितिमा बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले भनेको छ ।

साथै, तोकिएको अवधि भित्र उक्त शेयर खरिद गर्नेका लागि विद्यमान संस्थापकबाट कुने पनि आवेदन नपरेको खण्डमा सो शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्