एक दर्जन वाणिज्य बैंकले लगानीकर्तालाई भुक्तानी गरेनन् १ अर्ब ३८ करोड लाभांश रकम, कुनको कति ? « Arthapath.com
२५ असार २०८२, बुधबार

एक दर्जन वाणिज्य बैंकले लगानीकर्तालाई भुक्तानी गरेनन् १ अर्ब ३८ करोड लाभांश रकम, कुनको कति ?



काठमाडौं । करिब एक दर्जन वाणिज्य बैंकहरुका लगानीकर्ताले बुझ्न बाँकी लाभांश रकम १ अर्बभन्दा बढी देखिएको छ ।

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार ८ वटा बैंकहरुका सेयरधनीहरुले १ अर्ब ३८ करोड ३८ लाख ८५ हजार रुपैयाँ लाभांश रकम बुझ्न बाँकी छ ।

हालसम्म सिटिजन्स बैंक, कुमारी बैंक, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट, मेगा बैंक, प्रभु, सेञ्चुरी कमर्सियल बैंक, सानिमा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकले गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । यी मध्ये दुई बैंकका लगानीकर्ताले भने बुझ्न बाँकी लाभांश रकम देखिएको छैन् ।

कुमारी बैंक

नगद लाभांश मध्ये २०७९ असार मसान्तसम्म सेयरधनीले बुझ्न बाँकी रहेको लाभांश ११ करोड ९९ लाख १६ हजार ६९८ रुपैयाँ रहेको छ ।

जसमध्ये कुमारी बैंकको १० करोड ८२ लाख ६३ हजार २४० रुपैयाँ, प्राप्ति गरेको संस्था रहेको ( काष्ठमाण्ड डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, पश्चिमाञ्चाल फाइनान्स, काँक्रेविहार विकास बैंक) को १८ लाख ५१ हजार ९४१ रुपैयाँ भुक्तान गर्न बाँकी लाभांश, प्राप्ति गरेको संस्था रहेको (देव विकास बैंकको भुक्तान गर्न बाँकी लाभांश ९८ लाख १ हजार ५१५ रुपैयाँ रहेको छ ।

सिटिजन बैंक

सिटिजन बैंकका सेयरधनीले बुझ्ना बाँकी रहेको नगद लाभांश रकम १५ करोड ५४ लाख ५४ हजार ३०२ रुपैयाँ रहेको छ । बैंकमा आर्थिक वर्ष २०६५/६६ देखि २०७७/७८ सम्ममा केही सेयरधनीहरुले नगद लाभांश नबुझेको देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६० रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

यस्तो छ बैंकको बाँकी विवरण

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको असार मसान्तसम्ममा ६ करोड ३० लाख १८ हजार ६८१ रुपैयाँ लाभांश रकम सेयरधनीले बुझ्न बाँकी देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को मुनाफा, अघिल्ला वर्षको सञ्चित मुनाफा लगायतबाट समेत सिर्जित वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १३.६ प्रतिशतले हुने जम्मा ३ अर्ब २३ करोड ६२ लाख २२ हजार ४ सय ५४ रुपँैया ९ पैसा बराबरको लाभांश वितरण गर्ने भएको छ । बैंकले सो मध्ये १०.६ प्रतिशतले हुने २ अर्ब ५२ करोड २३ लाख ४९ हजार ८ सय ५३ रुपैयाँ ९२ पैसा बराबरको नगद लाभाँश तथा ३ प्रतिशतले हुने ७१ करोड ३८ लाख ७२ हजार ६ सय १७ पैसा रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गरेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डू गत असार मसान्तसम्ममा बैंक सेयरधनीहरुले बुझिलिन बाँकी लाभांश रकम १४ करोड १९ लाख ७९ हजार २८७ रुपैयाँ रहेको छ । बैंकले पाँचवर्षसम्म पनि सेयरधनीहरुले नबुझेको नगद लाभांश लगानीकर्ता संरक्षणकोषमा जम्म गरेको जनाउको छ । बैंकका अनुसार आर्थिक वर्ष २०५८/५९ देखि २०६९/७० सम्मको १ करोड ३४ लाख ८२ हजार ८२५ रुपैयाँ लगानीकर्ता संरक्षणकोषमा जम्मा गरिएको हो । बैंकको विभिन्न साधारण सभाको निर्णय अनुरुप नै सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको बताइएको छ ।

सानिमा बैंक

सानिमा बैंकको गत असार मसान्तमा ७ करोड ४८ लाख ५ हजार ९२७ रुपैयाँ लाभांश सेयरधनीहरुले बुझ्ना बाँकी देखिएको छ । यो रकम भने सानिमा बैंक र बागमति विकास बैंकलाई प्राप्ति गरेपछि समेतको हो । आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश ११ करोड १० लाख ८ हजार २९७ रुपैयाँ र १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२ रुपैयाँ राबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । जुन बैंकको साधारण सभाले पारित गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांशमध्ये आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म सेयरधनीहरुले नबझुेकेको रकम अर्थात दाबी आएको रकम ४१ करोड ५० लाख ९ हजार २८१ रुपैयाँ देखिएको छ । बैंकले यस वर्ष भने गत आवको मुनाफबाट १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश र ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको थियो। जुन बैंकको साधारण सभाले पारित गरिसकेको छ ।

मेगा बैंक

मेगा बैंकले नेपालको भने सेयरधनीले बुझ्न बाँकी लाभांश रकम देखिएको छैन । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुले ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ बोनस सेयर र ६१ रकोड २ लाख ४३ हजार २८० रुपैयाँ नगद लाभांश वितरण गर्न सिफारिस गरिएको छ । सो लाभांश भने बैंकको साधारण सभाले पारित गरिसकेको छ ।

प्रभु बैंक

प्रभु बैंकको भने सेयरधनीले बुझ्ना बाँकी लाभांश रकम भने देखिएको छैन । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ बोनस र कर समेतका लागि १९ करोड ६ लाख ३० हजार ५६३ रुपैयाँ नगद लाभांश वितरण गरको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म सेयरधनीलाई भुक्तानी ३० करोड ७५ लाख ५८ हजार ३८७ रुपैयाँ देखिएको छ । गत आवको मुनाफाबाट बैंक आफ्ना सेयरधनीलाई भने ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ बोनस र प्रयोजनका लागि २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

स्टाण्डर्ड चार्टर्ड

स्टाण्डर्ड चार्टर्ड बैंकको गत असार मसान्तसम्ममा सेयरधनीहरुले नबुझेको लाभांश रकम १० करोड ६१ लाख ४२ हजार ५३१ रुपैयाँ देखिएको छ । बैंकले यस वर्षका लागि भने गत आवको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १ अर्ब ५५ करोड ६८ लाख २ हजार ८३८ रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

कुन बैंकको कति ?


प्रतिक्रिया दिनुहोस्