चालु पुँजी कर्जा मार्गदर्शन राष्ट्र बैंकले अलि खुकुलो र व्यावहारिक बनायो : डेपुटी सीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शन व्यावहारिक बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत राष्ट्र बैंकले परिमार्जन गरेको मार्गदशर्नलाई अलि खुकुलो अनि व्यावहारिक बनाएको बताएका हुन् ।
बुधवार राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन परिर्माजन गरेको हो । परिमार्जित व्यवस्था अनुसार १ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २० प्रतिशत वा ४० प्रतिशतसको अधिकतम सिमा नलाग्न छ । बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्नेछन् ।
सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरूले २०८२ असारसम्ममा ५ किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । यो कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैङ्कले बताएको छ ।
संशोधित मर्गदर्शन अनुसार १ करोडभन्दा तलको चालू पुँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ ।