प्रभु बैंकको साढे १२ लाख कित्ता शेयर लिलामीमा, प्रतिकित्ता कति ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीको उक्त शेयर न्यूनतम मूल्य १४१ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले मात्र सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।