सीईओसँग कुरा नमिलेपछि चन्द्र ढकालका विश्वासका पात्र ढकालले छोडे ग्लोबल आइएमई बैंक, आइतबारदेखी मेगा हाजिर हुने « Arthapath.com
२४ असार २०८२, मंगलबार

सीईओसँग कुरा नमिलेपछि चन्द्र ढकालका विश्वासका पात्र ढकालले छोडे ग्लोबल आइएमई बैंक, आइतबारदेखी मेगा हाजिर हुने



काठमाडौं । बैंक अफ काठमाण्डुसँग मर्जरकाे तयारीमा रहेकाे ग्लोबल आइएमई बैंकका बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकाल मेगा बैंक जाने भएका छन् । बैंकका अध्यक्ष चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्यसँग कुरा नमिलेपछि ढकालका विश्वासका पात्रका रुपमा रहेका महेश ग्लोबल आइएमई बैंक छोड्ने भएका हुन् ।

चन्द्र ढकालसंग खटपट सुरुभएपछि उनले ग्लोबल आइएमई छोड्ने निर्णय गरिएको स्रोतले बतायो । उनले ग्लोबल आइएमई बैंक छाडेर मेगा बैंक जाने सहमति गरेका हुन् । उनले मेगा बैंकमा आइतबारदेखि काम थालनी गर्ने गरि ग्लोबल आइएमई बैंकमा राजिनामा गरेको स्रोतले जनाएको छ। ढकालले प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र महेश ढकाललाई मिलाउन नसकेपछि ग्लोबल बैंकबाट ढकाल बाहिरिएको बताइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्ज हुन लागेको मेगा बैंकमा महेशलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बन्नेगरी मेगा जान लागेका हुन् ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू पनि मर्ज हुँदैछ । ग्लोबल आइएमई र बिओके मर्जपछि बन्ने बैंकका बिओकेका प्रमुख कार्यकारी अधिकत (सीईओ) श्रवण कुमार मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् । यी दुवै बैंक एकआपसमा गाभिएपछि मशेको बरियता तेस्रो स्थानमा रहनुपर्ने थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जपछि उनले दोस्रो पोजिशनमा रहने छन् ।


प्रतिक्रिया दिनुहोस्