सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकको एकीकृत कारोबार पुष २६ गते, चुक्ता पुँजी २२ अर्ब

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक मर्ज पछि बन्ने प्रभु बैंक लिमिटेडको नाममा पुष २६ गते एकीकृत कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्रभुले सेञ्चुरी बैंकलाई १ बराबरको अनुपातमा प्राप्ति गर्न स्वीकृत समेत दिइ सकेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तसम्म मर्जरको एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ ।
सो व्यवस्था बमोजिम प्रभु र सेञ्चुरी बैंकले पुस अघिनै एकीकृत कारोबार गर्ने लागेका हुन । मर्जपछि बैंकको नाम प्रभु नै रहनेछ । बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ ।
मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुर बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ ।