यस्तो छ पुस २६ गतेदेखि एकीकृत कारोबार गर्ने प्रभु बैंकको संचालक र व्यवस्थापन टिम « Arthapath.com
२४ असार २०८२, मंगलबार

यस्तो छ पुस २६ गतेदेखि एकीकृत कारोबार गर्ने प्रभु बैंकको संचालक र व्यवस्थापन टिम



काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ । यी दुवै बैंकले आगामी मंगलबार (पुस २६ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

मर्जपछि बनेको नाम प्रभु बैंक नै हुनेछ । सोही नामबाट एकीकृत कारोबार थालनी गर्ने भएका हो । बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ । प्रभुले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाइसकेको छ ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको हो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तसम्म मर्जरको एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । सो व्यवस्था बमोजिम प्रभु र सेञ्चुरी बैंकले पुस अघिनै एकीकृत कारोबार गर्ने भएका हुन् ।

मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ बढी छ । मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन । सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाइने भएको छ ।

मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ । बैंकको तर्फबाट अध्यक्ष लिल प्रकाश सिटौला, रमेशसिंश खड्का, शंकरप्रसाद कालिकोटे, रामेश्वर सापकोटा रहने छन् । यता, सेञ्चुरीको तर्फबाट भने मन बहादुदर राई, अभिशेक बज्रचार्य, डा.गीता प्रधान संचालक रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्