नेपाल इन्भेष्टमेन्ट र मेगा बैंककाे एकिकृत काराेबार पुष २७ गते

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुष २७ गते हुदैं छ । एकीकृत कारोबार सुरु गरीने हुदाँ डाटा माइग्रेशन लगायतका प्रयोजनको लागि पुष २५ र २६ गते दुई दिनका लागि दुबैं बैंकका केन्द्रिय कार्यालय र शाखा कार्यालय बन्द राख्ने भएको हो ।
यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको थियो ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
