लक्ष्मीसँग मर्जरमा जान लागेको सनराइज बैंकका संचालकको पदावधि थप « Arthapath.com
२४ असार २०८२, मंगलबार

लक्ष्मीसँग मर्जरमा जान लागेको सनराइज बैंकका संचालकको पदावधि थप



काठमाडौं । सनराइज बैंक लिमिटेडले संचालकहरुको पदावधि थप गरेको छ ।

कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संचालकहरुको कार्यकाल पुष २९ गतेबाट समाप्त हुने भएकाले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्न पदावधि थप गरेको हो ।

बैंकको आगामि वार्षिक साधारण सम्पन्न भई अनुमोदन नभएसम्मका लागि थप गर्ने एव कार्यकाल थप अनुमोदनका लागि सभामा पेश गर्ने निर्णय समेत सोहि बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्