कृषि विकास बैंकले सीइओका लागि दरखास्त आव्हान, मासिक तलब ४ लाख « Arthapath.com
२५ पुष २०७९, सोमबार

कृषि विकास बैंकले सीइओका लागि दरखास्त आव्हान, मासिक तलब ४ लाख



काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ ) का लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सीइओमा आवेदन माग गरेको हो ।

बैंकले रित्त रहेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नेे लागेको हो । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापन, बैंकिङ, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङशास्त्र, लेखाशास्त्र, गणीत लगायका विषयमा स्नातक उपाधि हासिm गरी बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव समेत हुनु पर्ने छ ।

सीइओलाई करारमा उल्लेख भए बमोजिमका सर्तहरुका आधारमा मासिक पारिश्रमिक ४ लाख र कार्य सम्पादनमा अधिरीत प्रोत्साहन रकम तथा अन्य सुविधाहरु प्रदान गरीनेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १५ गते भित्र बैंकको मुख्य कार्यालयमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्