लाभांश पारित गर्दै एनएमबि बैंकको २७औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमापुष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा सभा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याण को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो । उक्त वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।