सेञ्चुरी र प्रभु बैंकको एकीकृत कारोबार सुरु, कस्तो बन्यो सांगठनिक संरचना ?

काठमाडौं । अझ सुदृढ, अझै सवल भन्ने मुल नाराका साथ सेञ्चुरी कमर्सिय बैंकलाई गाभेर प्रभु बैंकले आजदेखी एकिकृत कारोबार सुरू गरेको छ ।
बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको हो ।
मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचनले एकीकृत कार्यक्रममा बोल्दैं अब्बल सेवा मार्फत नेपालको अर्थतन्त्रलाई योगदान दिने बताएका छन् । उनले हाल बैंकका कर्मचारीको संख्या ३५८ पुगेको समेत जानकारी दिए । सीइओ शेरचनले दुई बैंक एक भएपछि कूल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पूँजी २३ अर्ब, कूल निक्षेप २ खर्ब ८४ अर्ब, कूल ऋण लगानी २ खर्ब ५३ अर्ब, शाखा सञ्जाल ३६५, एटीएम सञ्जाल ३०९, एक्सटेन्सन काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी भएका छन् ।
कार्यक्रममा बोल्दैं नेपाल बैंकर्स सघंका कार्यबहाक अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङमा जिडिपीलाई ठूलो सहयोग गर्ने सक्ने बताएका छन् । मर्जर पछि बैंक कर्जामा ७औं स्थानमा, डिपोजिट र सम्पतीमा ६औं र पूँजीमा ५औं स्थानमा पुगेको भन्दैं उनले शुभकामना दिए ।
१२ वर्ष अघि ५६८ जना प्रोमोटर मिलेर र पछि ५ फाइनान्स विकास बैंक मर्ज पटि सेञ्चरी कर्मसियल बैंक बनेको राजेश श्रेष्ठले बताए । उनले बैंवाहिक जीवनमा छुटीन सकिने तर मर्जरमा छुटिन नसकिने भनाइ राखेका थिए । साथै, अब बैंकका ३८ प्रतिशत महिला रहेका छन् ।
मर्जर पछि २५ अर्ब भन्दा बढी कर्जा लगानी गर्ने सक्ने अवस्था रहेको छ । मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन । सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाइने भएको छ ।
मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने छ । बैंकको तर्फबाट अध्यक्ष लिल प्रकाश सिटौला, रमेशसिंश खड्का, शंकरप्रसाद कालिकोटे, रामेश्वर सापकोटा रहने छन् । यता, सेञ्चुरीको तर्फबाट भने मन बहादुदर राई, अभिशेक बज्रचार्य, डा.गीता प्रधान संचालक रहनेछन् ।