मजबुद र विश्वसनीयताकाे नयाँ उचाईमा प्रभु बैंक: ‘अब्बल बैंकिङ्ग सेवा, सेयरधनीलाई उच्च प्रतिफल’ « Arthapath.com
२३ असार २०८२, सोमबार

मजबुद र विश्वसनीयताकाे नयाँ उचाईमा प्रभु बैंक: ‘अब्बल बैंकिङ्ग सेवा, सेयरधनीलाई उच्च प्रतिफल’



काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

‘अझ सुदृढ, अझै सवल’ भन्ने मुल नाराका साथ सेञ्चुरीलाई प्राप्तिपछि प्रभु बैंकले आजदेखि औपचारिक एकिकृत कारोबार सुरू गरेको हो । मर्जपछि बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ ।

एकीकृत कारोबारको शुभारम्भमा प्रभु बैंक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सेञ्चुरीलाई प्राप्तिपछि अब्बल बैंकिङ्ग सेवा मार्फत नेपाली अर्थतन्त्र महत्वपुर्ण योगदान दिने बताए । अनगिन्ती सम्भावनाहरूलाई सार्थकता प्रदान गर्दै सेन्चुरी बैंकलाई प्रभुमा समाहित गरिएको सीईओ शेरचनले बताए ।

मर्जपछि अझै शक्तिशाली, मजबुद, ग्राहाक केन्द्रीत र विश्वसनीयताका साथ बैंक नयाँ उचाईमा जाने सीईओ शेरचनको भनाई छ । सीईओ शेरचनले बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता जनाए । उनले भने,–‘सेञ्चुरीलाई प्राप्तिपछि बनेको बैंकलाई मैले थप उचाईमा पुर्याउन लागिपर्नेछु, सेयरधनीलाई पनि अधिकतम प्रतिफल दिने प्रयास रहनेछ ।’

सेञ्चुरीलाई प्राप्तिपछि बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ, चुक्ता पुँजी २३ अर्ब, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल ऋणा लगानी २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको जानकारी गराए । यस्तै, बैंकको शाखा संख्या ३ सय ६५, एटिएम सञ्जाल ३०९, एक्सटेन्सन काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी र ३ हजार ५३८ धेरै कर्मचारीहरु रहेका बैंकले जनाएको छ ।

एकीकृत कारोबारको अवसरमा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु र सेञ्चुरी बैंक एक आपसमा गाभिएर अवसर र चुनौति थपिएको बताए । उनले दुई बैंक एक भएपछि अब देशकै नम्बर बैंकिङ्ग सेवामा समर्पित हुन आवश्यक रहेको बताए । उनले भने,– मर्जरपछि बनेको बैंकलाई अवसर र चुनौती थपिएको छ । तर, त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । देशकै एक नम्बर बैंकको रूपमा सबल सेवा दिनु पर्छ।’

नेकपा एमालेका तफबाट समानुपाति सासंदसमेत रहेका भट्टचनले मर्जर गर्न गरिएको लामो सङ्घर्ष सार्थक भएको भन्दै अब कुनै पनि बहाना गरेर छुटिने छुट नभएको बताए । उनले भने,–‘ वैवाहिक जीवनमा छुटिन मिल्छ । तर, मर्जरमा गएपछि छुटिन मिल्दैन । छुट्टिने कसैलाई पनि छुट छैन । हामीबीच आएको अवसर र चुनौतिलाई आत्मसाथ र समाधान गरेर अघि बढ्नुपर्छ ।’

यता, सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठले पनि दुवै बैंकको मर्जरले देशको दिगो आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । समयकै माग अनुसार मर्जरमा गएको उनको भनाई थियो । सोही अवसरमा अध्यक्ष श्रेष्ठले भने मर्जपछि बनेको बैंकबाट ठुला ठुला आयोजना निर्माणका लागि स्रोत जुटाउन पनि सहज हुने बताए । उनले भने,– ‘अब कुनै पनि आयोजना एउटै बैंकको लगानीमा बनाउन सकिनेछ । यसले देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । यी दुबै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन बनेका छन् । सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनाइने भएको छ ।

मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ । बैंकको तर्फबाट अध्यक्ष लिल प्रकाश सिटौला, रमेशसिंश खड्का, शंकरप्रसाद कालिकोटे, रामेश्वर सापकोटा रहने छन् । यता, सेञ्चुरीको तर्फबाट भने मन बहादुदर राई, अभिशेक बज्रचार्य, डा.गीता प्रधान संचालक रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्