एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप « Arthapath.com
२८ पुष २०७९, बिहीबार

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र आवेदन दिने म्याद थप गरेको छ । बैंकले पुष २५ गतेदेखि निष्कासन गरेको वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ मा माग बमोजिम आवेदन नपरेपछि म्याद थप गरी माघ ९ गते पुराएको हो ।

बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन सक्नेछन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्