लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
२४ असार २०८२, मंगलबार

लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा आज सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८÷७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्