सेयरधनीको हात रित्तो बनाएको लक्ष्मी बैंकका सीइओ तलब १ करोड ३२ लाख, अन्य पदाधिकारीको कति ? « Arthapath.com
२३ असार २०८२, सोमबार

सेयरधनीको हात रित्तो बनाएको लक्ष्मी बैंकका सीइओ तलब १ करोड ३२ लाख, अन्य पदाधिकारीको कति ?



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय विक्रम शाहले १ करोड भन्दा बढी तलब बुझेका छन् ।

सीइओ शाहलाई बैंकले गत आर्थिक वर्ष २०७८।०७९ तलब भत्ता बाफत १ करोड ३२ लाख ३२ हजार रुपैयाँ प्रदान गरेको हो । साथै, अन्य उच्च पदाधिकारीहरुले समेत तलब तथा भत्ता बाफत ७ करोड ६० लाख २९ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

सञ्चालकहरुलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रति वैठक अध्यक्षलाई १५ हजार र सञ्चालकलाई १३ हजार भत्ता उपलव्ध गराइएको छ । यस वाहेक प्रति महिना मोवाइल फोन खर्च सोधभर्ना बापत ५ हजार र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरुलाई सञ्चालक÷संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भ्रमण खर्च सोधभर्ना उपलव्ध गराइएको छ ।

बैंकले कार्यकारी प्रमुख तथा कम्पनी सचिवलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्