तपाईको खातामा आयो ७.५३ प्रतिशत बोनस शेयर ! आएको छैन् भने के गर्ने ? « Arthapath.com
२३ असार २०८२, सोमबार

तपाईको खातामा आयो ७.५३ प्रतिशत बोनस शेयर ! आएको छैन् भने के गर्ने ?



काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश दिने सुरु गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश पठाउन सुरु गरेको हो ।

बैंकको पुष २५ गते साधारण सभाले शेयरधनीहरुलाई ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । बैंकले आइपीएस कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

साथै, हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि भनिएको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।


प्रतिक्रिया दिनुहोस्