शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई चम्काउँदै सीईओ पौडेल, चार वर्ष थपियो कार्यकाल

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रकाश पौडेल दोहोरिएका छन् । पुस २९ गते बसेको बैंकको संचालक समितिको बैठकले सीईओ पौडेललाई निरन्तरता दिने निर्णय गरेको हो ।
सीईओ पौडेलको कार्यकाल चार वर्ष थप भएको हो । उनको कार्यकाल माघ १ गतेदेखि नै लागू हुनेगरि नियुक्ति गरिएको बैंकले जनाएको छ । अघिल्लो कार्यकालमा बैंकको व्यवसाय विस्तारमा उत्कृष्ट कार्य गरेका भन्दै बैंकले पौडेललाई दोहोर्याउने निर्णय गरेको बैंकले जनाएको छ ।
शाइन रेसुङ्गा सहर तथा ग्रामिणमा ग्राहकहरुका लागि सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले सहज बैंकिङ्ग पहुँच प्रदान गर्न केन्द्रित रहेको छ ।
बैंकले आम मानिसहरूलाई आफ्नो बचत व्यवस्थापन गर्न र सिर्जना गर्ने क्षमता र उपकरणहरू उपलब्ध गराउने र उनीहरूलाई सही वित्तीय निर्णयहरू लिनको लागि सीप र ज्ञानको साथ सशक्त बनाउनको लागि प्रतिवद्ध रहेको छ ।