मोबाइल बैंकिङ मार्फत हुने कारोबार ह्वात्तै बढ्यो, एक महिनामा १ खर्ब ६० अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय मोवाइल बैंकिङ मार्फत हुने कारोबार ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा नै डेढ अर्बको कारोबार भएको छ ।
गत मंसिरमा मात्रै मोवाइल बैंकिङ मार्फत १ खर्ब ६० अर्ब रुपैयाँको वित्तिय कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको भुक्तानी सम्बन्धी एक रिपोर्टले यस्तो देखाएको हो ।
राष्ट्र बैंककाअनुसार मंसिरमा मात्रै १ खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँ मोवाइल बैंकिङ मार्फत भुक्तानी भएको छ । यो गत वर्षको सोही महिनाको तुलनामा भने ८०.७६ प्रतिशतले बढी हो । गत आवको मंसिरमा भने यस मार्फत ८८ अर्ब ५३ करोड १० लाख रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, गत कात्तिकमा मात्रै यस मार्फत १ खर्ब ५१ अर्ब ९८ करोड रुपैयाँ कारोबार भएको छ । यसरी पछिल्लो एक बर्षमा मोवाइल बैंकिङ मार्फत हुने कारोबार ह्वात्तै बढेको देखिन्छ ।
यस्तै, गत मंसिरमा सख्याको आधारमा २ करोड १६ लाख ३५ हजार पटक ओटा मोवाइल बैंकिङ कारोबार भएको छ । गत आवको मंसिरमा भने १ करोड ३० लाख ६४ हजार वटा मोवाइल बैंकिङ कारोबार भएको थियो । यसैगरि गत कात्तिकमा २ करोड ५ लाख ८ हजार वटा मोवाइल बैंकिङ कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर महिनामा इन्टरनेट बैंकिङ्ग मार्फत १ अर्ब २७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही महिनाको तुलनामा भने यो कारोबार प्रतिशतले घटेको हो । गत वर्षको मंसिर महिनामा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँ बराबरको इन्टरनेट बैंकिङ्ग कारोबार भएको हो ।