शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५० हजार कित्ता संस्थापक समूहको सेयर आज शुक्रबार (माघ ६ गते) देखि बिक्री खुला गरेको हो ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो स्वामित्वमा रहेको शाइन रेसुंगाकोे उक्त संस्थापक सेयर बिक्रीमा ल्याएकोे हो । प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ । तसर्थ, लगानीकर्ताले १५० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले माघ १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।